दफा ७२
विवाह बदर हुने

(१) देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछ:–
(क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह,
(ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह।
(ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) विपरीत भएको विवाह,
(घ) कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलालेवैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह ।
(२) उपदफा (१) बमोजिम भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७० को उपदफा (२) बमोजिम भएको विवाह बदर हुनेछैन ।